२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री साहले भेट्न नदिएको भन्दै दलित समुदायको आक्रोश



अ+ अ-

काठमाडाैँ । दलित समूदायले प्रधानमन्त्री बालेन्द्र साहप्रति  आक्रोश व्यक्त गर्दै काठमाडौंमा आन्दोलन सुरू गरेका छन् । आइतबार काठमाडौंको माईतीघर मण्डलामा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्छ भन्ने माग राख्दै भेटनका लागि प्रयास गर्दा पनि पीडित आफन्तहरुलाई समेत सो अवसर नदिएपछि प्रधानमन्त्री साहको आलोचनासहित प्रदर्शन गरिएको हो ।

प्रधानमन्त्री साहले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्ण विश्वकर्माको आफन्तलाई समेत भेट्न नदिएपछि आफूहरुले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताए । उनले श्रीकृष्णको प्रहरी चौकीमा हत्या भएको आरोप लगाउँदै त्यसको निष्पक्ष छानविनका लागि पनि सरकारलाई दबाब दिए ।

विरोध प्रदर्शनका क्रममा दलीतमाथि हुने सबै प्रकारका हत्या, हिँसा अन्त्य गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरिएको थियो ।