१४ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा अवैध बालुवा उत्खनन, दुई ट्याक्टर नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । स्याङ्जा प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्राप्त सूचनाका आधारमा शनिबार जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुगमन तथा कारबाही गरेको हो। अनुगमनका क्रममा विरूवा गाउँपालिका–०१ स्थित बास्तरा खोला र ज्याग्दी खोलाबाट रसिद बिना बालुवा उत्खनन तथा ओसारपसार भइरहेको अवस्थामा ट्याक्टरहरू फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरमध्ये ग.१ त. ५०५६ नम्बरको ट्याक्टर बास्तरा खोलाबाट र ग.१ त. ७६७१ नम्बरको ट्याक्टर ज्याग्दी खोलाबाट बालुवा ओसारपसार गर्दै गरेको अवस्थामा फेला परेका हुन्।

दुवै ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।




भर्खरै