५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.24

Wind: 4.12

Humidity: 53

Latest
निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइनः रक्षामन्त्री राई चलचित्र ‘के घर के डेरा: घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो ? आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः सभापति खतिवडा प्रधानमन्त्री ओलीबाट भरतपुरमा ६ लेनको सडक उद्घाटन गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि संघीय निजामती विधेयकः अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’को अवधिमा सहमति जुटाउन सकस सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाचौरमा उम्मेदवार भट्टराई



अ+ अ-

कास्की । आसन्न उपनिर्वाचनमा मत माग्न लामाचौर र बाटुलेचौरमा पुग्दा कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई स्थानीयवासीले दिवंगत नेता रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा स्वागत गरेका छन् ।

यही मङ्सिर १४ को उपनिर्वाचन नजिकिँदै गर्दा घरदैलामा व्यस्त भट्टराईलाई स्थानीय मतदाताले सहयोग गर्ने आश्वासन दिएका छन् । उहाँ आज त्यहाँ पुग्दा लामाचौरवासीले फूल, माला र अबीर लगाएर स्वागत गरेका थिए । बाटुलेचौरबासीले हरेक सङ्कटमा नेकपालाई जिताएर पठाएको बताउँदै अहिले अधिकारीले छाडेर गएको स्थितिमा विद्यालाई साथ दिने उद्घोष गरेका छन् ।

तल्लो द्वीपबाट शुरु भएको भट्टराईको घरदैलो सुन्दर फिड हुँदै लामाचौर र बाटुलेचौरमा कार्यक्रम तय भएको हो । घरदैलाका क्रममा उहाँले आफू जितेपछि पनि जनताको घरदैलामा निरन्तर आउने र जनताको सेवक भएर काम गर्ने वाचा गर्नुभएको थियो । उहाँले जनताको चाहना विकास भएकाले आफूले स्थानीयस्तरमा गर्नुपर्ने विकासका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले लोकसंस्कृतिको भूमि मानिने बाटुलेचौरमा संस्कृतिको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राख्नुभयो । नेकपाले आज बाटुलेचौरमा चुनावीसभा आयोजना गर्दैछ ।