३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिलोकपथको भरेङडाँडामा पहिरो हटाएर यातायात सुचारु



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका— ८ भरेङडाँडामा गएराति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आज अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए।

यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।