८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायीले दिए बालुवाटारमा धर्ना



अ+ अ-

काठमाडौ । म्याद थप, बैङ्क क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासङ्घले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ ।

बिहान ९ः३० बजेदेखि एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासङ्घले जनाएको छ । महासङ्घले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सार्वजनिक खरीद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

“अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइन्छ, निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आन्दोलनको विकल्प रहेन”, उहाँले भन्नुभयो ।

आन्दोलनअन्तर्गत महासङ्घले माइतीघर मण्डलालगायत सडकमा कालो झण्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने घोषणा गरेको छ ।