३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा हिंसात्मक घटनामा तीनको मृत्यु



अ+ अ-

काठमाडाैँ । अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको जानकारी पाएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेका थिए । साथै, गम्भीर टाउको चोट लागेको ६४ वर्षीय पुरुषलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यी तीनै जना व्यक्तिहरूलाई उनीहरू चिन्ने एकै व्यक्तिले आक्रमण गरेको बताइएको छ ।

त्यसै क्रममा बिहान करिब २ः३० बजे उक्त घरमा आएको एक सवारीसाधनका ३२ वर्षीय पुरुष चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाई नजिकैको प्रहरी चौकीमा लगिएको छ । घटनापछि सो घरलाई अपराध स्थल घोषणा गरिएको छ र स्थानीय प्रहरीले हत्या अनुसन्धान टोलीको सहयोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।