७ श्रावण २०८३, बिहीबार
,
Latest
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

 धोबीखोला करिडोरमा अतिक्रमण गरी बनेको ७ तल्ले घर भत्काउने तयारी



अ+ अ-

काठमाडौँ । देवीनगरस्थित धोबीखोला करिडोरमा निर्माण गरिएको ७ तल्ले घर भत्काउने तयारी अघि बढाइएको छ । सरकारी निकायले अतिक्रमण गरी निर्माण गरिएको निष्कर्ष निकाल्दै उक्त संरचना हटाउने प्रक्रिया सुरु गरेको हो ।

हाल सुरक्षाकर्मीको निगरानीमा भवनभित्र रहेका सामग्रीहरू बाहिर निकाल्ने काम भइरहेको छ । सो क्षेत्रलाई सुरक्षा घेरामा राख्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको उल्लेख्य उपस्थिति देखिएको छ ।

उक्त घरमा रेष्टुरेन्ट, बार, स्पा लगायत विभिन्न व्यवसाय सञ्चालनमा रहेका थिए । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको यो संरचनामाथि सरकारी कदम चालिएको हो ।