८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेकरी उद्योगको म्याद नाघेको १७० बोरा मैदा नष्ट



अ+ अ-

बनेपा । पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी (१७० बोरा) मैदा सोमबार नष्ट गरिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो ।

हुमागाईंसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले गत कात्तिक ६ गते गरेको बजार अनुगमनका क्रममा सो उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि बन्द गरिएको थियो । खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिव भण्डारीका अनुसार उत्पादन भएको मितिले ४५ दिनभित्र प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दुई महिनाभन्दा बढी मिति नाघेको १७० बोरा मैदा थिए ।

आठ हजार ५०० किलो मैदा अहिलेको बजारमूल्य अनुसार रु चार लाख २५ हजार बराबरको रहेको भण्डारीले बताए । अनुगमन टोलीलगायत वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठलगायतको रोहवरमा शिलबन्दी खोली नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले बताए ।