१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भवन भत्काउन सुरु गरिएको छ ।

आज साँझ ६ बजेदेखि यहाँ रहेका घरटहरा हटाउने कार्य सुरु गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारी जमिन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने अभियानअन्तर्गत हाल तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउने कार्य सुरु गरिएको छ ।“

आज स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी रहेको महानगर प्रहरीले जनाएको छ । सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त बस्ती हटाएको थियो ।

हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैध रूपमा निर्माण गरिएका करिब दुई हजार बढी घर टहरा हटाइ सकिएको जनाइएको छ । रासस




भर्खरै