१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ स्पिनर हरभजन सिंहद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा



अ+ अ-

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका अनुभवी अफ स्पिनर हरभजन सिंहले शुक्रबार सबै प्रकारका क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हरभजनले सामाजिक सञ्जालमा सन्न्यासबारे जानकारी दिएका हुन् ।

भज्जीले आफ्नो इन्स्टाग्राम पेजमा एउटा भिडियो पोस्ट गर्दै भनेका छन् “जालन्धरको साँघुरो गल्लीदेखि टीम इन्डियाको टर्बानेटरसम्मको मेरो यात्रा विगत २५ वर्षमा निकै सुन्दर रह्यो। जब म भारतको जर्सी लगाएर मैदानमा आउन पाएँ, त्योभन्दा ठूलो उत्प्रेरणा मेरो जीवनमा सायद अरु केही छैन । तर जीवनमा एक विन्दु आउँछ जब तपाईंले निर्णय लिनुपर्छ। साथै जीवनमा अगाडि बढ्नु पर्छ। म विगत केही वर्षदेखि घोषणा गर्न चाहन्थेँ। म यो तपाईसँग कहिले साझा गर्न सक्छु भनेर म पर्खिरहेको थिएँ। म आज सबै प्रकारका क्रिकेटबाट सन्न्यास लिँदैछु । यद्यपि मैले यो सन्न्यास पहिले नै लिएको थिएँ। तर घोषणा गर्न सकेको थिइन । जे होस्, मैले केही समय सक्रिय क्रिकेट खेल्न सकेको थिइनँ ।”

टेस्टमा ह्याट्रिक गर्ने पहिलो भारतीय

हरभजन टेस्टमा ह्याट्रिक गर्ने पहिलो भारतीय हुन्। उनले २००१ बोर्डर गावस्कर ट्रफीमा अस्ट्रेलियाविरुद्ध ३ खेलमा ३२ विकेट लिएका थिए। हरभजन टि–२० विश्वकप (२००७) र एकदिवसीय क्रिकेट विश्वकप (२०११) को विजेता टोलीका सदस्य थिए।

अष्ट्रेलियाविरुद्ध डेब्यू

४१ वर्षीय हरभजनले भारतका लागि १०३ टेस्ट, २३६ एकदिवसीय र २८ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । उनले सन् १९९८ मा अस्ट्रेलियाविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । भज्जीले टेस्टमा ४१७, एकदिवसीयमा २६९ र टि–२० मा २५ विकेट लिएका छन् ।