८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी हुँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीका अनुसार प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाका बिरामी हुन् । १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनले आजको दिनसम्म ४ पटक डायलायसिस गराइसकेका छन् ।

के हो एपेन्डिसाइटिस ?ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेण्डिक्स’ भनिन्छ र यो एपेण्डिक्समा ब्याक्टेरिया संक्रमण भयो भने सुन्निने र पिप भरिने हुन्छ जुन निकै नै घातक हन्छ । यदि यो फुट्यो भने यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ।

त्यसैले एपेण्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। चिकित्सकहरूका अनुसार एपेण्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्यु समेत हुने सम्भावना हुँदछ । अपरेसन गरेका यस्ता बिरामीले केही दिन अस्पतालमै आराम गर्नुपर्छ ।