३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता पौडेलले जनतासंग गरे यस्ता बाचा, सफल होलान त पौडेल ?



अ+ अ-

कास्की । नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आफूले झुट बोल्न नजान्ने बताउँदै जनतासँग गरिएको प्रतिबद्धतामा पछि नहट्ने बताउनुभएको छ ।

पार्टीको चुनाव प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले उम्मेदवार बनेर चुनावी मैदानमा होमिँदै गर्दा जनतासामु गरिएका प्रतिबद्धतालाई निर्वाचन जितेसँगै कार्यान्वयनमा ल्याउन विश्वास व्यक्त गर्नुभयो ।

नेपाली समाजको रुपान्तरणका साथै यहाँका जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आफूले छ दशकयता सङ्घर्ष गर्दै आएको बताउँदै उहाँले काँग्रेस संस्थापक एवं लौहपुरुष गणेशमान सिंहको चेला भएका कारण उहाँका आदर्शलाई सधैँ शिरोधार्य गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो ।

निर्वाचन क्षेत्रभित्र विद्यमान सडक, खानेपानी, शिक्षालगायतका समस्यामा आफू पूर्णरुपमा जानकार भएको उल्लेख गर्दै उहाँले यी समस्याको समाधानका साथै यस क्षेत्रलाई स्वच्छ र हराभरा बनाएर यहाँका पर्यटकीय सम्भावनालाई उजागर गरिने बताउनुभयो ।




भर्खरै