८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरलाई बानेश्वरमा ठक्कर दिने बस र चालक रामेछापबाट पक्राउ



अ+ अ-

काठमाडौं । डाक्टर प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापमा पक्राउ गरेको छ। बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टरलाई ठक्कर दिने बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो।

दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।

‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ।’

प्रहरीले गाडी र चालकमाथि अनुसन्धान जारी रहेकाले चालकको नाम सार्वजनिक गरेको छैन। उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो। गाडी काठमाडौं-रामेछाप रुटको हो।

आईतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले डाक्टर जोशीलाई ठक्कर दिएको थियो। जेब्राक्रस नजिकै गाडीको ठक्करले जोशीको घटनास्थलमै मृ’त्यु भएको थियो। प्रहरीका अनुसार घटना हुँदा बिहान करिब ६ बजेको थियो।

त्यसदिन सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो। तर, सिसिटिभी फुटेजमा सवारी पहिचान स्पष्ट नभएपछि प्रहरीले तत्काल पक्रन सकेको थिएन।