६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमाः आईटीएफ महासचिव स्टेफेन

विश्वव्यापी अस्थिरताका कारण श्रमिक वर्ग मारमाः आईटीएफ महासचिव स्टेफेन
अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आईटीएफ) का महासचिव स्टेफेन कटनले विश्वमा बढ्दो अस्थिरता र द्वन्द्वका कारण श्रमिकहरूको जीवनस्तर कष्टकर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

मे दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस) को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव कटनले वर्तमान विश्व परिस्थितिले आपूर्ति श्रृंखलामा पारेको प्रभाव र श्रमिकहरूले झेल्नुपरेका चुनौतीहरूबारे चर्चा गर्नुभएको हो ।

आफ्नो सम्बोधनका क्रममा कटनले युक्रेनमा जारी युद्धका कारण खाडी मुलुकमा कार्यरत आप्रवासी नेपाली श्रमिक, नाविक र यातायात क्षेत्रका मजदुर मात्र नभई विश्वव्यापी आपूर्ति श्रृंखलामा आवद्ध सबै व्यक्तिहरू प्रभावित भएको बताउनु भयो ।

महासचिव कटनले संयुक्त राज्य अमेरिका जस्ता शक्ति राष्ट्रहरूले चाल्ने एकपक्षीय कदमले विश्वभरका श्रमिकहरूको जीवनमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको टिप्पणी गर्नुभयो ।

उहाँले श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै सन् १८८६ मा सिकागोका श्रमिकहरूले आफ्नो हकहितका लागि शुरु गरेको संघर्षकै कारण आज विश्वभरि श्रमिक ऐक्यवद्धता कायम भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वभरि खाद्यान्न र ऊर्जाको मूल्य अत्यधिक बढेको छ, तर विडम्बना धेरै देशका सरकारहरूले जनताको आवाज सुन्न छाडेका छन् ।’

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) का लु ट्रायंगल र एजुकेसन इन्टरनेसनलका महासचिव डेभिड एडवड्र्ससँगको संवादलाई उद्धृत गर्दै कटनले सरकारी नयाँ सिफारिस र नीतिहरूका कारण निजामती कर्मचारीहरूको हकअधिकार समेत जोखिममा रहेको औंल्याउनु भयो ।

उहाँले विषम परिस्थितिमा पनि श्रमिकहरूलाई संगठित हुन र आफ्नो अधिकारका लागि एकतावद्ध रहन आह्वान गर्नुभयो ।

अन्तर्राष्ट्रियस्तरका श्रमिक नेताहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा कटनले नेपाली श्रमिक र यहाँका नेतृत्वको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय ऐक्यवद्धता नै श्रमिक शक्तिको मुख्य आधार भएको उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल