८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यचौकीमा जीवनजलनै पाउदैन



अ+ अ-

सिरहा । समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ ।

मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन् । विगत छ महिनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको आभाव भएको हो ।

विगत एक सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषध नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गर्नुभयो ।

अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख झौली साहको भनाइ छ । उहाँका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एन्टिबायोटिक्स स्वास्थ्यचौकीमा अहिले छैन ।

अहिले दैनिक २०÷२५ बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।