१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

३६ लाख ६३ हजारमा ५३ घरधुरीलाई खानेपानी

३६ लाख ६३ हजारमा ५३ घरधुरीलाई खानेपानी
अ अ+ अ-

दमौली । जिल्लाको भीमाद नगरपालिका–९ पाथर्दीमा श्रीमाया आलेले घरवास सञ्चालन गर्नुभएको छ । घरवासमा बस्न पाहुना आउँदा आलेलाई एकमात्र चिन्ता हुन्थ्यो, त्यो हो पानीको ।

आलेको घरमा खानेपानी धारा थिएन । आलेको घरमा मात्र होइन पाथर्दीका ५३ घरधुरीमा नै अहिलेसम्म खानेपानी धारा जडान भएको थिएन । “पाहुनालाई नुहाउन, मुख धुन पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले सधैँ सताइरहन्थ्यो,” आलेले भन्नुभयो, “तैपनि सार्वजनिक धारा र कुवाबाट पानी बोकेर ल्याएर भए पनि अहिलेसम्म पानीको व्यवस्था गरिरहेको थिएँ ।” सोमबारबाट भने घरमै खानेपानी धारा जडान भएपछि आलेलाई पानीको जोहो गर्ने समस्याबाट मुक्ति मिलेको छ । साथसाथै घरवास चलाउन पनि अव सहज हुने अनुभूति आलेले गर्नुभएको छ ।

घरवास सञ्चालक केशकुमारी थापाले घरमा धारा जडान नहुँदा आधा घण्टा दूरी हिँडेर सार्वजनिक धारा र कुवाबाट पानीको जोहो गर्दै आएनुभएको थियो । अव खानेपानी व्यवस्थाका लागि थापालाई अन्यत्र जानुपर्दैन, घरमै धारा खोलेपछि पानी आउँछ । “आधा घण्टाको दूरीमा रहेको सार्वजनिक धारामा पुगेर पानी ल्याउँथ्यौं,” थापाले भन्नुभयो, “घरमै धारा आएपछि खानेपानीको समस्याबाट मुक्ति पायौ ।”

श्रीमाया र केशकुमारी जस्तै पाथर्दीका ५३ घरधुरीमा घरघरमै धारा जडान भएपछि यहाँका स्थानीयवासीे वर्षौदेखिको खानेपानी समस्याबाटमुक्ति पाएका छन् । ५३ घरधुरीमध्ये यहाँको १० घरधुरीमा गत वर्षदेखि घरवास सञ्चालन गरिएको छ । घर–घरमै खानेपानी धारा जडान भएपछि घरवास सञ्चालकले अव आफूहरुलाई घरवास चलाउन सहज भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

पाथर्दीका शिवकुमार आले, इमानसिं थापा, मोहन राना, शिवबहादुर राना, श्रीराम आले, मोतीसरा थापा, देवी मोक्तान आले र लालबहादुर रानाले घरवास सञ्चालन गरिरहनुभएको छ । खानेपानीको अभावले घरवास सञ्चालनमा कठिनाई परिरहेपनि खानेपानी सुविधा पुगेसँगै अव घरवास चलाउन सहज हुने विश्वास गरिएको पाथर्दी सामुदायिक घरवास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो ।

आलेका अनुसार स्थानीयवासीले सार्वजनिक धाराबाट खानेपानी बोकेर ल्याउनुपर्दथ्यो । “सार्वजनिक धारामा पनि नियमित पानी आउँदैनथ्यो, त्यस्तो बेला कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो,” आलेले भन्नुभयो, “घरवास चलाउन पानीको अभाव हुन्थ्यो, अव घरमै पानी पुगेपछि यस समस्याबाट मुक्ति पाएका छौ ।”

मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनोट भएको पाथर्दीमा गण्डकी प्रदेश सरकारको सहयोगमा गहतेखोला पाथर्दीखोला खानेपानी आयोजना सम्पन्न भएपछि यसबाट ५३ घरधुुरीका २७० जना लाभान्वित भएका छन् । प्रदेश सरकारको रु ३६ लाख ६३ हजार ४८१ र स्थानीय उपभोक्ताको रु १० लाख २० हजार ४१३ गरी कूल रु ४६ लाख ८३ हजार ८४९ को लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

आयोजनाको डिपिआर तयार गर्दा रु ६६ लाख ३१ हजार २८६ लागत अनुमान गरिए पनि अनुमानभन्दा कम लागतमै आयोजना निर्माण सम्पन्न भएको तिमिल्सिनाले बताउनुभयो । खानेपानी वितरणका लागि तीन वटा इन्टेक र तीन वटा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको प्रशारण लाइन तीन हजार ४८० मिटर र वितरण लाइन एक हजार १९० मिटर रहेको छ ।

पम्पिङ प्रणाली भएकोले कतै मूलबाट सिधै र कतै पम्पिङमार्फत् खानेपानी सुविधा पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर रानाले जानकारी दिनुभयो । आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नका लागि कोष निर्माण गरिनेछ । रानाका अनुसार सोही कोषबाट आयोजनाको मर्मत सम्भार गरिनेछ ।

निर्माण सम्पन्न भएको आयोजना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । आयोजनाकोे गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्दै खानेपानी सुविधा नपुगेका प्रदेशका सबै बस्तीमा खानेपानी सुविधा पुर्याइने बताउनुभयो ।