२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारी बजारमा प्याजको मुल्य अहिलेसम्मकै उच्च, कतीमा हुदैछ किनबेच



अ+ अ-

काठमाडौं । तरकारी बजारमा प्याजको मूल्य किलोको २ सय ३० पुगेको छ। कालिमाटी फलफूल तथा तरकारी बजारले मंगलबार प्याजको मुल्य २ सय ३० पुगेका बताएको हो ।

गत साउनदेखि नेपाली बजारमा प्याजको भाउ बढ्न थालेपछि पछिल्लो समय लगातार बढिरहेको छ। असारसम्ममा प्रतिकेजी ५० रुपैयाँभन्दा कम रहेको प्याजको मूल्य साउनमा ५५ रुपैयाँ पुग्यो।

लगातार बढिरहेको प्याज असोजदेखि दोब्बरले बढेर सय रुपैयाँभन्दा माथि पुग्यो। कालिमाटी बजारमा सोमबारसम्म प्रतिकेजी खुद्रा प्याजको मूल्य अधिकतम दुई सय रहेकोमा मंगलबार ३० रुपैयाँले बढेको हो।

नेपाली प्याजको बजार भारतीय उत्पादनमा भरपर्ने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको हो। भारत सरकारले भने प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। तर, नेपाली बजारमा भारतबाट प्याजको आयात भइरहेको छ।