२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भैसकेको छैन,प्रारम्भ सकारात्मक: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै मुल्यांकन गर्ने समय भैनसकेको तर सुशासनको पक्षमा प्रारम्भिक काम सकारात्मक रहेको बताएका छन् ।

मे दिवसको अबसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुक , जनता र प्रजातन्त्रको पक्षमा काम गर्नुपर्ने आबश्यकता रहेको चर्चा गर्दै थापाले समाजको हरेक क्षेत्रमा देखिएको राजनितिक हस्तक्षेप र दलियकरणको न्यूनीकरणमा केही सकारात्मक कदम चालेको देखिएको भन्दै उनले प्रशंसा समेत गरे ।

आर्थिक बिकास बिना मुलुकको सर्बाङ्गिण बिकास सम्भब नभएकोले दीर्घकालीन महत्वको कार्यक्रम के कसरी आउँछ ,त्यो प्रतीक्षाको बिषय बनेको उनको भनाई छ । अब ठुलो भबितब्य बिना काङ्ग्रेस एमालेको पुनरुत्थान हुन सक्ने सम्भावना नभएको भन्दै थापाले जेन्जी आन्दोलन र निर्बाचन पछि काङ्ग्रेस एमाले प्रती जनताको ठुलो आक्रोश रहेको तर राप्रपा प्रती नभएको भन्दै त्यो समयको राप्रपाले सदुपयोग गर्न नसकेको थापाको स्विकारोक्ती थियो ।

गैसकेको कुरा गरेर अहिले काम नभएको भन्दै थापाले अब नयाँ ढंगबाट राप्रपालाई बिकल्पको रुपमा प्रस्तुत गर्नुपर्ने आबश्यकता रहेकोमा जोड दिए । काङ्ग्रेस एमालेको एजेन्डा रास्वपाले बोकेको हुँदा बैकल्पिक राजनीतिक र बैचारिक शक्ति अब राप्रपा नै हुने उनको दाबी थियो ।

पार्टी समायोजनको बिषय चाढै टुंगो लगायर पार्टीमा गुट उपगुटलाई अन्त्य गर्दै आत्मिय बाताबरणका साथ पार्टी उठाउने र बनाउने कार्यमा कृयाशिल हुन सबैलाई आग्रह गरे । मुलुकमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता अझै बढेर गएको उनको तर्क थियो ।

मजदुर दिबसको अबसरमा सम्पुर्ण श्रमिक बर्गमा बधाई शुभकामना दिदै थापाले टुकोनलाई धन्यवाद समेत ब्यक्त गरे । कार्यक्रममा श्रमिक राजु तामाङलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले समेत बोलेका थिए ।