१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकवर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख गर्नुभयो ।

“असङ्गठित र अनौपचारिक क्षेत्रका मजदुर तथा ज्यालादारी श्रमिकका आआफ्ना समस्या छन्, यी समस्या कसरी समाधान गर्न सकिन्छ भनेर मजदुर सङ्गठनले ध्यान दिन जरुरी छ”, सहसंयोजक नेपालले भन्नुभयो, “जीवन धान्ने ज्याला छैन, संवैधानिक अधिकार कुण्ठित हुँदैछन्, यसतर्फ ट्रेड युनियनले ध्यान दिनुपर्छ ।”

अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय संवादबाट सामाजिक न्यायको ढोका खोल्नुपर्नेमा जोड दिँदै पछिल्ला समय नेपालमा असल श्रम सम्बन्धको विकास हुँदै गइरहेको बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिम्खडाले भन्नुभयो, “वैज्ञानिक ढङ्गबाट पारिश्रमिक वृद्धि, श्रमिकको सन्ततिलाई सहुलियतमा पठनपाठन र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गरिनुपर्छ ।”




भर्खरै