१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी
अ अ+ अ-

काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका केही वडाहरुको सिमाङकनसम्बन्धी समस्याका कारण जनताले भोग्नु परेको समस्यालाई नीतिगतरुपमै समाधान गर्न तयार गरिएको मापदण्डको मस्यौदाका सम्बन्धमा प्राप्त सुझाव अध्ययन गरिरहेको जनाएको छ । सिमाङ्कन र भू–भाग एकातिर सिफारिस अर्कातिरबाट हुँदा जनतालाई परेको अप्ठेरो र गुनासो सम्बोधन गर्न मन्त्रालयले नीतिगतरुपमै समस्या सुल्झाउन त्यससम्बन्धी कानुन निर्माणका लागि मापदण्डको मस्यौदा तयार गरी आम जनतासँग सुझाव र राय परामर्श माग गरेको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव दीपक ढकालले स्थानीय तहबाट अध्ययन गरी मापदण्डका आधारमा गाउँपालिका महासङ्घ र नगरपालिका संघका पदाधिकारीसँगको छलफल र परामर्शमा मापदण्डको मस्यौदालाई अन्तिमरुप प्रदान गर्न अध्ययन भइरहेको जानकारी दिनुभयो । यसअघि मापदण्डको मस्यौदामा केही छ भने सुझाव पाउ भनी सरोकारवाला पक्षसँग मन्त्रालयले आह्वान गरिसकेको छ ।

उपसचिव ढाकालका अनुसार कतिपय स्थानीय तह तथा नगरपालिका, उपमहानगरपालिका गाभिएर महानगरपालिका बनाउन हालको नगरपालिकको वर्गीकरणलाई पुनरावलोकन गर्ने भन्ने विषय पनि उठेको छ । त्यस्तो अवस्थामा वर्गीकरणमा समेट्न सकिने गरी मापदण्डको मस्यौदाबारे मन्त्रालयमा विभिन्न चरणमा छलफल भइसकेको छ । स्थानीय तह सञ्चालन ऐनमा स्थानीय तहमा साँध सिमाना एक अपसमा गाभिन सक्ने प्रावधान छ । मुलुकका झण्डै १०० भन्दा बढी स्थानीय तहबाट स्थानीय तहको केन्द्र परिवर्तनका कुरा पनि उठेको मन्त्रालयले जनाएको छ ।

विस २०७४ मा ७५३ स्थानीय तह रहने व्यवस्था भएसँगै आम जनताको घर नजिक स्थानीय सरकारका रुपमा पालिका सरकार सञ्चालन छ । मुलुकमा हाल एक केन्द्र सरकारसहित सात प्रदेश सरकार र ७५३ स्थानीय सरकार अभ्यासमा छन् । हाल मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका ४६० गाउपालिका र ६ हजार ७४३ वटा वडा कायम छन् । विगतमा स्थानीय तह नाम र सङ्ख्या सिफारिसमा स्थानीय कार्यदलदेखि प्रदेश हुुँदै केन्द्रमा आयोग गठन गरी त्यसले दिएको सुझावका आधारमा निर्णय नाम र वडाको संख्या कायम गरिएको हो ।

त्यस बेला स्थानीय तह र वडाको मोटामोटी सिमाङ्कन गरिए पनि साङ्गोपाङगो रुपमा फिल्डमा गएर चुस्तदुरुस्त गर्न सकेको थिएन । जसका कारण अभ्यासका क्रममा केही वडाको भूगोल र सीमाना फेरबदल पर्न गएको मन्त्रालयको भनाइ छ ।

मापदण्डसम्बन्धी मस्यौदामाथि सुझाव दिने क्रममा आम जनताबाट केही वडाको सीमा बढाउन, गाभ्न र छुट्याइ अनुरोध भएको पाइएको छ । मन्त्रालयले व्यवहारिक र विधिसम्मत प्राप्त सुझावलाई मस्यौदामा समावेश गर्ने जनाएको छ । स्थानीय तहको सीमा क्षेत्रका रुपमा रहेको खोला र नदिबीचको भू–भाग कस्तो हुने भन्ने तथा दुई वा दुईभन्दा बढी स्थानीय तह गाभिने कार्य प्रक्रिया के–कसरी सरलीकरण गर्नसकिन्छ भनी मन्त्रालयले रायसुझाव लिएको जनाएको छ ।