२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

 विस्थापितका लागि दशरथ रंगशालामा स्वास्थ्य शिविर, ६८ जनाले लिए सेवा



अ+ अ-

काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सरकारले दशरथ रंगशाला मा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ। स्वास्थ्य सेवा प्रदान गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल को नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल तथा पाटन मानसिक अस्पताल का विशेषज्ञ टोलीहरू खटिएका छन्।

शिविरमै बिरामीलाई आवश्यक औषधी र परामर्श प्रदान गरिने व्यवस्था मिलाइएको छ भने जटिल समस्या देखिएमा सरकारी अस्पतालमा रेफर गरिने व्यवस्था गरिएको छ। हालसम्म ६८ जनाले सेवा लिइसकेका छन्।

विस्थापनका कारण उत्पन्न हुन सक्ने मानसिक तनाव तथा संक्रमणजन्य जोखिमलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पताल को टोलीले विशेष मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको छ।

यसैबीच, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पताल को नेतृत्वमा अर्को स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। उक्त शिविरमा विशेषगरी आँखा र दाँत सम्बन्धी उपचारमा सेवाग्राहीहरूको आकर्षण देखिएको छ।

स्वास्थ्य शिविरहरू काठमाडौं महानगरपालिकास्वास्थ्य सेवा विभाग सँगको समन्वयमा सञ्चालन गरिएको हो। शिविरका लागि पर्याप्त जनशक्ति तथा औषधीको व्यवस्था गरिएको जनाइएको छ।