१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

तिलगंगा आवास क्षेत्रका स्थानीयको गुनासोः ‘मुआब्जा लियौँ, घडेरी पाएनौँ’

तिलगंगा आवास क्षेत्रका स्थानीयको गुनासोः ‘मुआब्जा लियौँ, घडेरी पाएनौँ’
अ अ+ अ-

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रमा रहेका संरचना हटाउने प्रक्रिया अगाडि बढाएको छ। कोषले जारी गरेको सूचनाअनुसार उक्त क्षेत्रमा बसोवास गर्ने घरधनी, भाडावाला तथा सटर सञ्चालन गर्नेहरूलाई आफ्नो सामान अन्यत्र सारेर स्थान खाली गर्न निर्देशन दिइएको छ।

कोषका अनुसार वैशाख १९ गते शनिबार बिहान ७ बजेदेखि अतिक्रमण गरी बनाइएका घर, टहरा तथा अन्य संरचना हटाउने कार्य सुरु गरिनेछ। यो कदम कोषको स्वीकृत गुरुयोजनाअनुसार कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

तिलगङ्गा क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया भने २०५९ सालदेखि नै सुरु भएको थियो। विभिन्न चरणमा अघिल्ला सरकारहरूले अधिग्रहण, सूचना प्रकाशन, पुनर्स्थापना तथा नापजाँचसम्बन्धी निर्णयहरू गरे पनि कार्यान्वयन भने लामो समयदेखि अल्झिँदै आएको छ। पूर्वमन्त्रीहरू बलबहादुर केसी, रामकुमार श्रेष्ठ, भीम आचार्य, योगेशकुमार भट्टराई र प्रेम आलेको कार्यकालमा यससम्बन्धी विभिन्न निर्णयहरू भएका थिए।

कोषले गोठाटार क्षेत्रमा रहेको करिब ५ सय ३४ रोपनी जग्गाबाट प्रभावित परिवारलाई प्रतिपरिवार चार आनाका दरले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो। सोहीअनुसार सरकारले २०७१ सालमै मुआब्जा वितरण गरिसकेको भए पनि पुनर्स्थापनाको प्रक्रिया भने हालसम्म पूरा हुन सकेको छैन।

यस निर्णयप्रति काठमाडौं महानगरपालिका–८ का वडा अध्यक्ष आशामान संगतले आपत्ति जनाए । उनले स्थानीयसँग भएको पूर्वसहमति कार्यान्वयन नगरी एकतर्फी रूपमा बस्ती हटाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रभावित परिवारलाई गोठाटारमा जग्गा उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको र उनीहरू लामो समयदेखि अन्योलमा बस्न बाध्य भएको उनको भनाइ छ।

स्थानीयवासीले आफूहरू सुकुम्बासी नभई परम्परागत बासिन्दा भएको दाबी गर्दै विगतका निर्णय कार्यान्वयन गर्न माग गरेका छन्। प्रभावितमध्येका दीपकप्रसाद गौतमले मुआब्जा लिइसकेपछि पनि घडेरी नपाएको गुनासो गर्दै एकाएक हटाउन खोजिए प्रतिवाद गर्ने चेतावनी दिए।

कोषले भने यसअघि पनि पटक–पटक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गराउन प्रयास गर्दै आएको जनाएको छ। सरकारले देशभर अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियानअन्तर्गत तिलगङ्गा क्षेत्रको संरचना हटाउने तयारी तीव्र पारेको हो।