२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको कमला नगरपालिकामा बजेट कार्यान्वयनमा अन्योलः जनप्रतिनिधिबीचको विवादले सेवाग्राही मर्कामा



अ+ अ-

काठमाडाैँ ।धनुषाको कमला नगरपालिकामा आर्थिक वर्ष २०८२—०८३ को बजेट ल्याएपनि कार्यान्वयन हुन नसक्दा नगरको प्रशासनिक र विकास निर्माणका कार्य ठप्प भएका छन् ।

जनप्रतिनिधिहरूबीचको बढ्दो आन्तरिक विवाद र राजनीतिक खिचातानीका कारण बजेट कार्यान्वयनमा अन्योल उत्पन्न भएको हो । जसको प्रत्यक्ष असर नगरवासीमा परेको छ । धनुषाको कमला नगरपालिकामा गत चैत ३० गते सम्पन्न नगरसभाबाट बजेट पारित गरिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा नगरवासी गम्भीर समस्यामा परेका छन् । बजेट कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकले विगत नौ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् भने शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू समेत तलबबाट वञ्चित भएका छन् ।

नगरपालिकाभित्र मेयर विशेश्वर यादव र उपप्रमुख शिलादेवी मण्डलबीचको विवाद उत्कर्षमा पुग्दा विकास निर्माणका योजनाहरू अघि बढ्न सकेका छैनन् । उपप्रमुख मण्डलले नगरसभा प्रक्रियागत रूपमा नभएको र विगत दुई वर्षको खर्च विवरण सार्वजनिक नगरिएको आरोप लगाउनुभएको छ । उहाँकाअनुसार आफूहरूलाई बेवास्ता गरी दबाबका बीच नगरसभा सम्पन्न गरिएको थियो ।

यता, नगरप्रमुख विशेश्वर यादवले भने नगरसभा पूर्ण रूपमा वैधानिक रहेको र सबै प्रक्रिया पु¥याएर बजेट ल्याइएको दाबी गर्नुभएको छ । उपप्रमुखले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर बजेट सञ्चालन गर्न खोजेका कारण विवाद सिर्जना भएको मेयर यादवको तर्क छ ।

मेयर यादवले प्रमुख प्रशासकीय अधिकृतको बारम्बारको सरुवा र कर्मचारी अभावका कारण केही समय बजेट कार्यान्वयनमा ढिलाइ भएको स्वीकार गर्दै हाल सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब पठाउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

नेतृत्वबीचको इगो र अविश्वासका कारण नगरपालिकाको आन्तरिक स्रोतको परिचालन र योजना तर्जुमा समेत प्रभावित भएको छ । उपप्रमुख पक्षधरले विगतको ८ करोड २५ लाख रुपैयाँको हिसाव स्पष्ट नभएसम्म बजेट कार्यान्वयनमा सहयोग नगर्ने अडान राखेका छन् भने मेयरले अडिट रिपोर्टले सबै स्पष्ट पारिसकेको दाबी गर्नुभएको छ ।

जनप्रतिनिधिहरूको यो आरोप–प्रत्यारोपका बीच स्थानीय बासिन्दा भने आधारभुत सेवाबाट वञ्चित छन् । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला र विद्यालयका बालबालिकाहरू नगरपालिकाको यो अन्योलबाट सबैभन्दा बढी प्रभावित भएका छन् । विवाद समाधानका लागि ठोस पहल नहुँदा कमला नगरपालिकाको प्रशासनिक भविष्य र विकासका योजनाहरू नै संकटमा परेका छन् ।