१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अनलाइन सेवासहितको अङ्ग्रेजी प्रशिक्षणमा अब्बल बन्दै ‘कभेक्स ग्लोबल’

अनलाइन सेवासहितको अङ्ग्रेजी प्रशिक्षणमा अब्बल बन्दै ‘कभेक्स ग्लोबल’
अ अ+ अ-

काठमाडौं । डिजिटल प्ल्याटफर्ममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित अघि बढिरहेको ‘कभेक्स ग्लोबल’ले अङ्ग्रेजी प्रशिक्षणमा आफ्नो छुट्टै मापदण्ड स्थापित गरी अगाडि बढेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा डिजिटल शिक्षाको माग बढ्दै जाँदा कभेक्स ग्लोबलले नवीनतम प्रविधि र व्यवहारिक अभ्यासमा आधारित सिकाइ पद्धतिबाट आफूलाई फरक रूपमा प्रस्तुत गरेको हो ।

यस संस्थाले विशेषगरी अङ्ग्रेजी बोलचालमा आत्मविश्वास बढाउने लक्ष्यसहित तयार पारिएका कोर्सहरू सञ्चालन गर्दै आएको छ । परम्परागत व्याकरणमुखी शिक्षण शैलीभन्दा फरक संवाद, प्रस्तुति, समूह छलफल र अन्तरक्रियात्मक कक्षालाई प्राथमिकता दिने संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याडस् चौधरीले बताए । उनका अनुसार यहाँबाट केवल अङ्ग्रेजी भाषा सिक्ने मात्र होइन, व्यावहारिक रूपमा प्रयोग गर्न सक्षम बनाइने छ ।

भौतिक र अनलाइन दुवै सेवा दिइरहेको यस संस्थाले जुनसुकै स्थानबाट पनि कक्षामा सहभागी हुन सकिने वातावरण मिलाइएको छ । ‘अङ्ग्रेजी बोल्न आउँछ, तर राम्रोसँग कुनै ठाउँमा आफ्नो प्रस्तुति दिन सकिँदैन भने हाम्रो प्ल्याटर्फम उपयोगी हुनसक्छ, हाम्रो कक्षामा स्कुल पढ्दै गरेकोलाई भन्दा पनि कलेज, व्यवसाय आदि ठाउँमा रही प्रोफेसनल करियर सुरु गर्नेहरूमा केन्द्रित छ,’ उनले भने । अनुभवी र अन्तर्राष्ट्रिय स्तरमा काम गरिसकेका संस्थाका प्रशिक्षकहरूले अङ्ग्रेजी ज्ञानसँग सम्बन्धित विषय सिकाउने चौधरिले बताए ।

चौधरिका अनुसार प्रशिक्षकहरूले विद्यार्थीको स्तरअनुसार व्यक्तिगत ध्यान दिँदै सिकाइ प्रक्रियालाई सहज बनाउने प्रयास गर्ने छन् । कभेक्स ग्लोबलले केवल भाषा सिकाउने मात्र होइन, व्यक्तित्व विकास, प्रस्तुति सीप, अन्तर्वार्ता तयारी जस्ता अतिरिक्त तालिमहरू पनि प्रदान गर्दै आएको छ । आफ्नो आवश्यकता र उद्देश्यअनुसार कोर्स छनोट गरी पढ्न सकिने व्यवस्था यहाँ रहेको चौधरिको भनाई छ ।

‘पछिल्लो समय बढ्दो प्रतिस्पर्धात्मक कार्यको वातावरणमा प्रभावकारी रूपमा आफ्नो विचार प्रस्तुत गर्नसक्ने क्षमता अत्यावश्यक बन्दै गएको छ, करियर उन्नति, नेतृत्वदायी भूमिका निर्वाह, कार्यकारी उपस्थितिको विकास तथा प्रभावशाली सीप अभिवृद्धिलाई मध्यनजर गर्दै इच्छुक व्यक्तिहरूका लागि आवश्यक सेवा दिन्छौं, हामीले औसत शुल्क राखेर कोर्सको डिजाइन गरेका छौं,’ उनले भने । अनुभवी तथा दक्ष प्रशिक्षकहरूमार्फत व्यवहारिक अभ्यास, अन्तरक्रियात्मक तथा प्रमाणित प्रशिक्षण विधिहरू प्रयोग गर्दै सहभागीहरूलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिने सीप विकासमा जोड दिएको चौधरीले बताए ।

उनी भन्छन् – ‘कम्युनिकेशन केवल बोल्ने कला मात्र होइन, प्रभाव पार्ने क्षमता हो र हामी त्यही क्षमता विकासमा केन्द्रित छौं ।’ यस प्ल्याटफर्म मार्फत प्रस्तुतीकरण कला तथा पेशागत अन्तरक्रिया जस्ता पक्षहरूमा गहिरो प्रशिक्षण पाउनेछन् । यसका साथै, आत्मविश्वास अभिवृद्धि र व्यक्तित्व विकासमा समेत विशेष ध्यान दिइने बताइएको छ । यो प्रशिक्षण प्रक्रियाले कम्युनिकेशन क्षमतालाई मात्र नभई व्यक्तिको समग्र पेशागत विकासलाई पनि नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको बताइको छ ।

‘कभेक्स ग्लोबल एक प्रकारको सिकाइमा आधारित प्लेटफर्म हो, जसले भाषा मात्र नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा प्रभावकारी कम्युनिकेशन सिकाइमा जोड दिन्छ, यहाँ सिकाइ प्रक्रिया केवल कक्षाकोठामा सीमित नभई व्यवहारिक अभ्यास र अन्तरक्रियात्मक सत्रमार्फत गराइने छ,’ उनले भने । उनले अनलाइन सेवा समेत उपलब्ध रहेकाले देश–विदेशमा रहेका नेपालीहरूले सहज रूपमा सहभागी हुनसक्ने बताए । अहिले रोजगार, विदेश अध्ययन तथा अन्तर्राष्ट्रिय अवसरका लागि अङ्ग्रेजी भाषा अनिवार्य जस्तै बन्दै गएको छ ।

यही आवश्यकतालाई सम्बोधन गर्दै कभेक्स ग्लोबलले विशेषगरी विद्यार्थी, पेशाकर्मी र विदेश जाने तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिरहेको चौधरिले बताए ।

सहभागीहरूले व्यवहारिक अभ्यास, समूह छलफल तथा प्रत्यक्ष प्रतिक्रिया मार्फत सिक्ने अवसर पाउने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा रहेको बताइएको छ । ‘हाम्रो जस्तो प्ल्याटफर्म अन्य पनि होलान्, तर मैले धेरै जना ठगिएको लगायतका कुराहरू सुनेको छु, अनलाइन ठगी बढ्दै गएका कारण यस प्ल्याटफर्मले भने जस्तो सेवा दिँदैन कि भनेर डराउनु पर्दैन, हामीले भने अनुरूपको तपाईंले खोजे अनुसारका सेवा हामीसँग जोडिएपछि पाउनु हुन्छ,’ उनले भने ।