२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिक अधिकार सुनिश्चित गर्न सरकारलाई प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस १ मईका अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका श्रमजीवी वर्गप्रति  शुभकामना व्यक्त गरेका छन्।

उनले श्रमिकहरूको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि शुभेच्छा व्यक्त गर्दै श्रमप्रति सम्मान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

शुभकामना सन्देशमा उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा श्रमिकहरूले गरेको ऐतिहासिक संघर्षलाई स्मरण गर्दै सोही आन्दोलनको जगमा विश्वभर श्रमिक दिवस मनाइँदै आएको उल्लेख गरेका छन्। उनले नेपालसहित विश्वका श्रमजीवी वर्गप्रति दृढ ऐक्यबद्धता समेत जनाएका छन्।

प्रचण्डले श्रमिक, किसान, मजदूर र सुकुम्बासीहरूको हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। उनले श्रमको उचित मूल्य, सम्मानजनक पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रमिकमैत्री नीतिहरू प्रभावकारी रूपमा लागू गर्न सरकारसँग आग्रह गरेका छन्।

त्यसैगरी उनले श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूमा कुनै पनि प्रकारको संकुचन नहुने गरी संरक्षण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। यस्ता विषयमा सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्ने उनको भनाइ छ।