३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई सभापति देउवाले भेट्न पाएनन्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्‍त्री केपी ओलीलाई भेट्न पाएनन् । प्रधानमन्‍त्रीको स्वास्थ्य स्थिति बुझ्‍न अस्पताल पुगेका देउवाले प्रधानमन्‍त्री को स्वास्थ्यबारे जानकारी लिएर फर्केका हुन् ।

संक्रमणको जोखिमका कारण प्रधानमन्त्री ओलीसँग भेट्न नपाए पनि देउवाले प्रधानमन्‍त्रीका आफन्त र चिकित्सकसँग भेटेर स्वास्थ्यबारे जानकारी लिएका थिए।

संक्रमणको जोखिम हुने भएकाले बाहिरी भेटघाटका लागि चिकित्सकले अनुमति नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, ‘चिकित्सकले नै अनुमति नदिएकोले भेटघाट नभएको हो।’

यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयस त्रिपाठीले प्रधानमन्त्री ओलीसँग अस्पतालमै भेटेका थिए।




भर्खरै