१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सत्य निरुपण तथा मेलमिलाप आयोगको उजूरीमाथी छानबिन

सत्य निरुपण तथा मेलमिलाप आयोगको उजूरीमाथी छानबिन
अ अ+ अ-

तुलसीपुर । सत्य निरुपण तथा मेलमिलाप आयोग प्रदेश नं ५ को मुकाम तुलसीपुरले ५०९ वटा उजूरीको प्रारम्भिक अनुसन्धान गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज तुलसीपुरमा आयोजना गरेको कार्यसम्पादन मूल्याङ्कन तथा भावि कार्यनीतिका विषयमा छलफल कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो ।

विसं २०७४ देखि सञ्चालनमा आएको उक्त कार्यालयमा एक हजार ७९९ उजूरी पठाइएको थियो । साथै आयोगका सहन्यायाधीवक्ता टेकबहादुर घिमिरेका अनुसार देशभर ६३ हजार ९५० निवेदन आयोगमा दर्ता भएका छन् । पछिल्लो एक वर्षदेखि अयोगले पूर्णता नपाउँदा देशभरका काम ठप्प भएको छ । तुलसीपुर मुकाममा पनि गएको वर्षको फागुनदेखि काम ठप्प छ ।

आयोगले पूर्णता पाएपछि काम शुरु हुनेसमेत उहाँले बताउनुभयो । साथै आगामी दिनमा आयोगको थप कार्यलय विस्तार गर्ने वा हटाउने, आगामी दिनमा कसरी कार्यसम्पादन सहज बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । तत्कालीन नेकपा ९माओवादी० र राज्यपक्षबाट पीडित भएकाको उजूरीको सुनुवाइ तथा प्रारम्भिक अनुसन्धान तथा न्यायिक व्यस्थापन गर्ने उद्देश्यले मुकाम खोलिएको हो ।

त्यस अवसरमा उच्च सरकारी वकिल कार्यालयका सहन्याधीवक्ता ईश्वरीप्रसाद वञ्जाडेले मुकाम कार्यालयलाई पनि पीडितलाई राहात दिने गरी अधिकार दिनुपर्ने बताउनुभयो । उहाँले अहिले भएका कर्मचारीको सङ्ख्या घटाएर ती कर्मचारीले खाने तलब पीडितलाई दिनुपर्ने बताउनुभयो । करारमा कर्मचारी भर्ना गर्दा द्वन्द्वपीडित परिवारलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै उच्च सरकारी वलिक कार्यालयका सहन्यायाधीवक्ता ईश्वरीप्रसाद बञ्जाडेले आफ्नो तलबको केही रकम द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो तलबको १० प्रतिशत हुन आउने रकम मासिक पाँच हजार द्वन्द्वपीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले उक्त रकम रोल्पा थवाङका द्वन्द्वपीडितका विद्यार्थी तथा आमा समूहलाई सहयोग गर्ने बताउनुभयो । अन्य कर्मचारी तथा जनप्रतिनिधलाई यो कार्यमा प्रोत्साहन गर्न आफूले यसरी सहयोग घोषणा गरेकोसमेत बताउनुभयो ।