१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीम

विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालीम
अ अ+ अ-

खोटाङ । विद्यालय तहमा अध्ययन गर्ने बालबालिकलाई देश र जनताप्रति जिम्मेवार, कामप्रति इमान्दार र अनुशासित बनाउने उद्देश्यले खोटाङका दुई विद्यालयमा राष्ट्रिय सेवा दल तालीम सञ्चालन भइरहेको छ । मुलुकमा भैपरी आउने विपद् व्यवस्थापनलगायतका काममा सघाउ पुर्याउने उद्देश्यका साथ नेपाल सरकारले विसं २०२२ बाट शुरु गरेको सो कार्यक्रमअन्तर्गत दिक्तेलस्थित सरस्वती मावि र पञ्च माविमा तालीमको आयोजना गरिएको हो ।

कक्षा–८ र ९ मा अध्ययनरत विद्यार्थी सहभागी गराएर सञ्चालन गरिएको तालीमको व्यवस्थापन खोटाङमा दिक्तेलस्थित नेपाली सेनाको गोरखनाथ गण मुडे ब्यारेकले मिलाएको छ । तालीममा दुवै विद्यालयका ३६/३६ छात्रछात्रा सहभागी छन् । तालीममा छात्रछात्राको चरित्र निर्माण गर्नु र उनीहरूमा भ्रातृत्व तथा एकताको भावना जागृत गरी आफ्नो काममा जिम्मेवारी लिने बानी बसाल्ने तथा प्राकृतिक प्रकोप तथा देशमा सङ्कट आइपरेमा सहयोग गर्ने विधिहरू सिकाइने जनाइएको छ । तालीममा सहभागी विद्यार्थीलाई ड्रिल, खुकुरी ड्रिल, एरोबिक्स, तेक्वान्दो, राष्ट्रभक्ति गीतमा नृत्य, भलिबल तथा फुटबल खेल आदि सिकाइने सरस्वती मावि तालीम केन्द्रका प्रशिक्षक नेपाली सेनाका हवल्दार आशिष गौतमले जानकारी दिनुभयो ।

युवा शक्तिलाई अनुशासित, कर्तव्यनिष्ठ र निष्ठावान बनाएर नेतृत्व विकास गर्दै दक्ष नागरिक बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी भोला पाण्डेले जानकारी दिनुभयो । “किशोरावस्थाका बालबालिका बढी कुलतमा फस्ने सम्भावना देखिन्छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई सानैदेखि राष्ट्रियता, अनुशासन, एकताको भावना, आत्मविश्वास, नेतृत्व र क्षमता विकासलगायत व्यक्तित्व विकासमा सहयोग गर्न तालीमको आयोजना गरिएको हो ।”

राष्ट्रिय सेवा दलको कार्यक्रम शुरुदेखिनै नेपाली सेनाको प्रत्यक्ष निगरानी र प्राविधिक सहयोगमा सञ्चालन हुँदै आएको जनाइएको छ । यस कार्यक्रमबाट बढीभन्दा बढी युवापुस्ता लाभान्वित हुन सकून् भन्ने उद्देश्यले देशव्यापी रूपमा विस्तार गरिएको नेपाल सरकारले जनाएको छ ।

राष्ट्रिय सेवा दलमा भर्ना हुन कम्तीमा १४ वर्षदेखि बढीमा १६ वर्षसम्मका विद्यार्थी हुनुपर्ने जनाइएको छ । उचाइको हकमा छात्रको उचाइ पाँच फिट र छात्राको कम्तीम चार फिट १० इञ्च र तौल उमेरअनुसार हुनुपर्दछ । जिल्लामा गत असार १ गतेबाट शुरु भएको तालीम ७९ दिनको वार्षिक क्याम्प दिक्तेलमा तथा २१ दिनको सामूहिक क्याम्प पूर्वी राष्ट्रिय सेवा दल तालीम शिक्षालय याङ्शिला मोरङमा सञ्चालन हुने जनाइएको छ । राष्ट्रिय सेवा दलअन्तर्गत अहिले जुनियर डिभिजनका तालीम ७७ वटै जिल्लामा सञ्चालन भइरहेको छ ।

राष्ट्रिय सेवा दल तालीमले विद्यार्थीलाई अध्ययनमा रुचि तथा सामूहिक काममा एकजुट हुन थप ऊर्जा थपेको सरस्वती माविका समन्वय शिक्षक धनीराम राईले जानकारी दिनुभयो । चार वर्षदेखि लगातार खोटाङमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रमअन्तर्गत गत वर्ष १५ वटा माविमध्ये सरस्वती मावि उत्कृष्ट बनेको थियो ।

विसं २०७२ मा दिक्तेलस्थित दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूलबाट शुरु गरिएको उक्त कार्यक्रमबाट हालसम्म २५२ छात्रछात्रा प्रशिक्षित भइसकेका छन् । तालीममा सहभागी तीन उत्कृष्ट छात्रछात्राले विदेश भ्रमणसमेत गरिसकेका छन् ।

दिक्तेल बोर्डिङ स्कूलका कञ्चन राई र सरस्वती माविका नञ्जु राईले श्रीलङ्का तथा पञ्च माविका रामजी आचार्यले भारत भ्रमण गर्नुभएको जनाइएको छ । राष्ट्रिय सेवा दल तालीम लिएका छात्रछात्राले जिल्लामा हुने सार्वजनिक कार्यक्रममा स्वयंसेवकको महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको आयोजकले जनाएका छन् ।