१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई बाल पोषण पोको

बर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई बाल पोषण पोको
अ अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो ।

बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरीद गर्न सहयोग पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा ल्याइएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो । यो कार्यक्रम पश्चात् बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा रहेको खतिवडाले बताउनुभयो ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिका भित्रका आमाले बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट नगद तीन हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

आमा र बच्चा दुवै सुरक्षित भएर सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवाको पनि नगरपालिकाले व्यवस्था गरेको छ । खाँदबारी नगरपालिका भित्रका गर्भवती आमालाई जहाँबाट भए पनि बर्थिङ सेन्टरसम्म जानको लागि जस्को पनि एम्बुलेन्स प्रयोग गर्न सक्ने नगरपालिकाले कार्यक्रम ल्याएको हो ।

पायकपर्ने ठाउँमा नगरपालिकाकै एम्बुलेन्स निःशुल्क प्रयोग गर्न सक्ने गरी कार्यविधि बनाइएको खाँदबारी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अरु जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्च नगरपालिकाले व्यहोर्ने कार्यक्रम रहेको प्रसासकीय अधिकृत धमलाले बताउनुभयो ।

उक्त सेवा र सुविधा लिनको लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाण पत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने धमलाको भनाइ छ । नगरपालिकाभित्रका आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या आउन नदिन चालु आर्थिक वर्षमा यो कार्यक्रमको लागि रु ६ लाख बजेट विनियोजन गरिएको हो ।

खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य ३ वटा बर्थिङ सेन्टर छन् । नगरभित्र जिल्ला अस्पताल बाहेक नगरपालिकाको तीन वडा तुम्लिङटार, सेकाहा र सित्तलपार्टीमा तालीम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा प्रदान गर्दै आएका छन् ।