६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदीबन्दी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ ।

विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आवको नौ महिना (चैत मसान्त) सम्म एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरी कारागारसमेत चलान गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ फरार कैदीबन्दी पक्राउ परेका छन् ।

“लामो समयदेखि कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गर्न यहाँका नौवटै जिल्लामा प्रहरी टोली परिचालित छ”, उनले भने, “जेजनी आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरी सबैतिर सक्रिय छ ।”

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारगारबाट कुल एक हजार ४५८ कैदीबन्दी फरार भएका प्रवक्ता विष्टले जानकारी दिए ।

तीमध्ये एक हजार १२० जना पक्राउ परेका छन् । तीन सय ३८ जना अझै फरार छन् । कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ । कञ्चनपुरमा प्रहरीले फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता फरार प्रतिवादी ७६ जना पक्राउ गरिएको बताए । “पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दाका छन्”, उनले भने ।