१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

भक्तपुरमा सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो

भक्तपुरमा सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
अ अ+ अ-

काठमाडौं । जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएको सिपाडोल स्वास्थ्यचौकीले आजदेखि सुविधा सम्पन्न नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ ।

बागमती प्रदेश सरकारको रु ४३ लाख र भक्तपुर सूर्यविनायक नगरपालिकाको रु १० लाख गरी कुल रु ५३ लाखमा निर्माण सम्पन्न भएको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोल स्वास्थ्यचौकीले नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको वडा नं ७ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

उनले भने, “स्वास्थ्यको जीर्ण भवनमा सेवा दिइरहेका थियौँ, स्वास्थ्यमन्त्री किरण थापाले मन्त्रालयबाट राखिदिएको बजेट र नगरपालिकाबाट प्रमुख वासुदेव थापाले राखिदिएको बजेटले सुविधा सम्पन्न भवन निमाण गरी सेवा सञ्चालन गर्न सफल भएका छौँ, भवन र सेवा विस्तारले स्वास्थ्यचौकी होइन कि सानो अस्पतालकै स्वरुपमा भवन र सेवा अगाडि बढेको छ ।”

स्वास्थ्यचौकी उद्घाटन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्यचौकीसम्मलाई विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए ।

उनले भने, “हाम्र्रा लागि नागरिककको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रविधिसँगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पु¥याउने कार्य विस्तार गरेका छौँ । मन्त्री थापामगरले स्वास्थ्यचौकीलाई प्रविधिमैत्री र विशेषज्ञसहितको जनशक्ति थप गर्दै लगेका छौँ भन्दै सूर्यविनायक नगर अस्पताललाई पनि ट्रमा सेन्टरका रुपमा विकास गरिने बताए ।

बागमती प्रदेशभरिका स्वास्थ्य संस्थाको भवन निर्माणदेखि स्तरोन्नति, गणस्तरीय विशेषज्ञ सेवा विस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आमजनताको विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गर्ने संस्थाका रुपमा विकास गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रित बजेट विस्तार गर्दै आएको उल्लेख गर्दै सूर्यविनायक नगरपालिकाले अब विकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित बजेट विनियोजन गरिने नीति लिएको जानकारी दिए ।

नगरपालिकाले जनशक्तिदेखि प्रविधिसम्मको विस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उनको भनाइ छ । नगरपालिकाका उपप्रमुख, सरिता तिमिल्सिना भट्टराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटोछरितो सेवा लिनसक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोगसम्बन्धी जाँच अब निःशुल्क गर्ने बताए ।