३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

उपनिर्वाचनमा नेकपा र काँग्रेसको प्रतिस्पर्धा

उपनिर्वाचनमा नेकपा र काँग्रेसको प्रतिस्पर्धा
अ+ अ-

धरान । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । प्रतिस्पर्र्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् । धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दिएका छन् । नेकपा र काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने छ भने सङ्घीय समाजवादी र सङ्घीय लिम्बूवान मञ्चलगायतले उम्मेदवारी दिएका छन् । धरानमा प्रमुख र वडा नं–७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । एकवर्ष अघि मिर्गौला रोगका कारण उहाँको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपाले प्रकाश राईलाई अघि सारेको छ भने नेपाली काँग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू शैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम९लिम्बू०लाई उम्मेदवार बनाएको छ ।

मुख्य एजेण्डा विकास निर्माण

दुई प्रतिस्पर्धी दल काँग्रेस र नेकपाले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, फोहर व्यवस्थापन, सुकुम्वासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत मुद्दा उठाएका छन् । स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको लागि सङ्घ प्रदेशबाट सवा अर्बको बजेट धरानलाई दिएकाले त्यो बजेट सदुपयोग गर्न र अघिल्लो नेतृत्वले थालेका योजना पूरा गर्न आफ्नो उमेदवारी भएको नेकपाको उम्मेदवार प्रकाश राईले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदका लागि प्रदेश १ को ‘हव’ बनाउन धरानको विकास निर्माणलाई तीव्रता दिने उहाँको भनाइ छ । नेकपाकै पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोको पालामा २०५४ सालदेखि शुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र सङ्घको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा रहेको उहाँले सुनाउनुभयो । “धरानलाई आधुनिक शहर बनाएर विकासको मोडेल अध्ययनस्थल बनाउछु”, घरदैलोमा भेटिएका नेकपाका प्रकाश राईले भन्नुभयो, “स्व तारा सुब्वाले शुरु गरेका गौरवको आयोजना पूरा गरेर धरानलाई समृद्धि शहर बनाउने मेरो सपना हो ।”

धरानले केन्द्रको बजेट पाउनका लागि सङ्घीयता नै पर्खिनु परेको बताउँदै यति बेला सङ्घ र प्रदेशले रु एक अर्ब २५ करोड बराबरको योजना दिएको उहाँले बताउनुभयो । यता काँग्रेसका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न नेतृत्व परिर्वतन आवश्यक भएको बताउनुभयो । उहाँले जनताको घरदैलोमा हाल उपमहानगरमा बेथिति भएको र कर अत्याधिक बढाएको विषयलाई मुद्दा बनाएका छन् ।

यस्तै विसं २०७५ साउन १ मा प्रमुख तारा सुब्बाको दुवै मिर्गौला फेल भएर उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा ११ दल र विभिन्न स्वतन्त्र गरेर २३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै वडा नं–७ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । धरान उपमहानगरपालिका–७ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा सदस्यबाट राजीनामा दिएर नेकपाबाट जीवनराज सुवेदीले उम्मेदवारी दिएका छन् । यस्तै काँग्रेसबाट सुवर्णमोहन पालिखे, सङ्घीय लिम्बूवान मञ्चकी नीता राई, राप्रपाका दिनेश शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनको अङ्क गणित

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली काँग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि काँग्रेसले राईलाई नै अघि सारेको छ । साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता सङ्ख्या ७९ हजार २९० रहेको छ । यो वर्ष १३ हजार ५६३ थपिँदा ९२ हजार ८५३ मतदाता पुगेका छन् । आगामी मङ्सिर १४ को धरानको उपनिर्वाचनमा मतदाता सङ्ख्या ९२ हजार ८५३ छ । २०७४ असार १४ को २०७४ को स्थानीय तहको चुनावमा भएको मतदाता सङ्ख्याभन्दा यो १३ हजार ५५६ बढी हो । धरानमा उपप्रमुखसहित १६ वटा वडामा नेकपाले र काँग्रेसले ४ वटा वडामा जितेको थियो ।
–––