१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम



अ+ अ-

काठमाडौँ  । दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ आयोजना गरेको छ । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

सिओलस्थित दूतावासका अनुसार उनले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गरे।

हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताए। कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।