५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास आज अपराह्न



अ+ अ-

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास सञ्चालन गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज अपराह्न ३ बजे ‘अलर्ट–१  सम्बन्धी पूर्णकालीन अभ्यास गरिनेछ।

अभ्यासका क्रममा विमानस्थल क्षेत्रमा कालो धुवाँ, दमकल, सुरक्षा निकाय, एम्बुलेन्स तथा अन्य उद्धार टोलीको सक्रियता देखिन सक्नेछ। यसले सर्वसाधारणमा त्रास सिर्जना हुन सक्ने भएकाले पूर्वसूचना दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार अभ्यासमा विमानस्थलमा हुने सम्भावित दुर्घटनाको अवस्थालाई ध्यानमा राखी विभिन्न निकायबीचको समन्वय, तयारी र जिम्मेवारीको मूल्याङ्कन गरिनेछ। यसबाट आपतकालीन अवस्थामा छिटो उद्धार तथा नियन्त्रण क्षमतामा सुधार ल्याउने लक्ष्य राखिएको छ।

उक्त अभ्यासका कारण केही समयका लागि नियमित उडान तथा अवतरण सेवामा आंशिक असर पर्न सक्ने बताइएको छ। साथै, विमानस्थल आसपासका बासिन्दालाई सचेत रहन र अनावश्यक भ्रममा नपर्न आग्रह गरिएको छ।

प्राधिकरणले जनाएको अनुसार यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका मापदण्ड अनुरूप सञ्चालन गरिन लागेको हो।