१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आगलागी पीडितलाई १० हजार

आगलागी पीडितलाई १० हजार
अ अ+ अ-

सिञ्जा । चन्दननाथ नगरपालिका–२ कालेखोलीमा आगलागीबाट पीडित भएका परिवारलाई चन्दननाथ नगरपालिकाले राहत उपलब्ध गराएको छ । आइतबार ग्यास लिक हुँदा घरमा आगो लागेपछि २४ कोठे घर जलेर नष्ट भएको थियो । नगरपालिकाले घरधनीलाई रु ६० हजार र घरभाडामा बसेका १६ परिवारलाई रु १०/१० हजार राहत रकम उपलव्ध गराएको हो ।

आगलागीबाट सबै सामान नष्ट भएकाले तत्कालीन आवश्यकता पूर्तिका लागि नगरपालिकाले थोरै भए पनि राहत रकम उपलब्ध गराएको उपप्रमुख अप्सरादेवी न्यौपानेले जानकारी दिनुभयो । साँघुरो सडकका कारण दमकल समयमै लैजान नसक्दा आगो समयमै नियन्त्रणमा लिन सकिएको थिएन ।

“यो रकम प्रयाप्त होइन”, उपप्रमुख न्यौपाने भन्नुभयो,“तत्काल खाने, कपडा, भाडाकुँडा खरीदको लागि मात्र यो रकम दिइएको हो ।” उहाँका अनुसार कुनै पनि घरमा दमकल छिर्न सक्ने बाटो हुनुपर्ने, नक्सापास गरेर मात्र घर निर्माण गर्नुपर्ने, आगलागी नियन्त्रणका सामग्री हरेक घरमा राख्नुपर्नेलगायतका नीतिगत प्रावधान अघि बढाउनुपर्ने देखिएको छ ।

गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । भदौ १६ मा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुने बित्तिकै दमकललाई खबर गरे पनि निभाउन सकिएको थिएन । बाटो नभएकाले दमकल लिन सकिने अवस्था नरहेको उपप्रमुख न्यौपानेको भनाइ छ । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा रु ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा रु ७३ लाखको क्षति भएको थियो ।

पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेको उल्लेख गर्दै प्रमुख कान्तिका सेजुवालले दमकल, डोजर र नगरपालिकाभित्र रहेका सामान सबै तयारी हालतमा राखिएको बताउनुभयो । उहाँले आगो नियन्त्रणका सामग्री खरीद गर्ने र दक्ष जनशक्ति राखिने बताउनुभयो ।