• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कानूनमन्त्रीे उपेन्द्र यादवलाई आचारसंहिताले छोएन



महोत्तरी। उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादवले निर्वाचन आयोगको आचारसंहिताको उल्लघन गरेका छन् । बहालवाला मन्त्रीहरु चुनाव प्रचार–प्रसारमा सहभागी हुन नपाउने भएनी वास्ता नगरी बुधबार पिपरा पुगेका छन् ।

मन्त्री यादव महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्न काठमाठौंबाट मधेस झरेका हुन् । यसअघि पनि मन्त्री यादवले भक्तपुरमा पुगेर चुनावीसभालाई सम्वोधन गर्दै मत मागेका थिए ।

बिहीबार जनकपुरधाम ओर्लेका मन्त्री अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीबाट कानुनमन्त्री बनेकोमा अपमानित महसुस नभएको स्पष्टीकरण दिए । ‘यो कुनै अपमान हो ?’ यादवले भने, ‘एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारी दिँदा अपमान हुन्छ ?’

जिम्मेवारी फेरबदल हुने सामान्य कुरा भएको भन्दै उनले यो चलिरहने प्रक्रिया रहेको बताए । यसको सम्बन्धमा पुनः कुरा राखिने भन्दै उनले भने, “यो ठूलो कुरा होइन् ।”