३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमन्त्रीे उपेन्द्र यादवलाई आचारसंहिताले छोएन



अ+ अ-

महोत्तरी। उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादवले निर्वाचन आयोगको आचारसंहिताको उल्लघन गरेका छन् । बहालवाला मन्त्रीहरु चुनाव प्रचार–प्रसारमा सहभागी हुन नपाउने भएनी वास्ता नगरी बुधबार पिपरा पुगेका छन् ।

मन्त्री यादव महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्न काठमाठौंबाट मधेस झरेका हुन् । यसअघि पनि मन्त्री यादवले भक्तपुरमा पुगेर चुनावीसभालाई सम्वोधन गर्दै मत मागेका थिए ।

बिहीबार जनकपुरधाम ओर्लेका मन्त्री अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीबाट कानुनमन्त्री बनेकोमा अपमानित महसुस नभएको स्पष्टीकरण दिए । ‘यो कुनै अपमान हो ?’ यादवले भने, ‘एउटा जिम्मेवारीबाट अर्को जिम्मेवारी दिँदा अपमान हुन्छ ?’

जिम्मेवारी फेरबदल हुने सामान्य कुरा भएको भन्दै उनले यो चलिरहने प्रक्रिया रहेको बताए । यसको सम्बन्धमा पुनः कुरा राखिने भन्दै उनले भने, “यो ठूलो कुरा होइन् ।”