२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैशाख १८ भित्र सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न काठमाडौं प्रशासनको उर्दी



फाइल फोटो
अ+ अ-

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना जारी गरेको छ।जिल्ला प्रशासन काठमाडौँले आज एक सूचना जारी गर्दे वैशाख १८ गते बिहान ७ बजे भित्र घरटहरा खाली गर्न निर्देशन दिएको हो।

बुधबार जारी सूचनामा काठमाडौँ जिल्ला प्रशासनले भनेको छ, ‘काठमाडौँ जिल्ला भित्रका विभिन्न पालिकाहरूका नदी किनाराका वस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भै आएका वस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवम् विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौँ जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहान ७:०० बजेदेखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ।’

प्रशासनले २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्न भनेको छ।