८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलका अध्यक्ष विद्वान गुरुङले दिए राजीनामा



अ+ अ-

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्।

उनले नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नेतृत्व सम्हालेको अवधिमा साथ, सहयोग र विश्वास प्रदान गर्ने पार्टी नेतृत्वदेखि केन्द्रीय समिति, पूर्व अध्यक्षहरू, जिल्ला कार्यसमिति तथा देशभरका तरुण युवाप्रति आभार व्यक्त गर्दै पद त्याग गरेका हुन्।

२०७८ फागुन ९ गते पार्टीको निर्णयअनुसार अध्यक्ष पदको जिम्मेवारी पाएको उल्लेख गर्दै उनले त्यसयता संगठनलाई सक्रिय, सशक्त र अनुशासित बनाउने प्रयास भएको बताएका छन्।

राजीनामा पत्रमा उनले आफ्नो नेतृत्वमा पाँचौं महाधिवेशन सम्पन्न गर्ने कार्यभार पार्टीले तोकेको समयसीमा २०८३ मंसिर मसान्तभित्र पूरा गर्न नसकिएको स्वीकार गरेका छन्। महाधिवेशन प्रक्रिया सुरु भए पनि देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण उत्पन्न असहज अवस्थाले कार्य सम्पन्न गर्न कठिन भएको उनको भनाइ छ।

गुरुङले लोकतन्त्रको सुदृढीकरण र नयाँ जनादेशलाई संस्थागत गर्दै नेपाली कांग्रेसलाई समयानुकूल रूपमा अघि बढाउन नेपाल तरुण दलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले संगठनलाई मूल मर्म र भावनाअनुसार अझ सशक्त, अनुशासित र पार्टीप्रति क्रियाशील बनाउन आगामी दिनमा पनि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।