११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरबारविहीनको व्यवस्थापनको जिम्मा सरकारले लिन्छः सभापति लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको उचित व्यवस्थापनको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा उहाँले जोखिमयुक्त क्षेत्रको बस्ती व्यवस्थापनका क्रममा सरकारले कसैलाई घरबारविहीन नबनाउने बताउनुभयो ।

“जोखिमपूर्ण स्थानमा रहेका सुकुम्बासीलाई पटकपटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ”, सभापति लामिछानेको भनाइ उद्धृत गर्दै रास्वपाका प्रवक्ता मनिष झाले भन्नुभयो, “ढल र बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थानबारे चिन्ता छ र सबैको भविष्यबारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो ।”

सभापति लामिछानेले देशैभरि अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई एक विशेष आयोग बनाएर शीघ्र सम्बोधन गरिने बताउनुभयो ।

“सरकारले कोही सुकुम्बासीलाई घरबारविहीन हुन दिने छैन, आवश्यक समन्वयका लागि सुझाव स्वागत योग्य छ”, उहाँले भन्नुभयो, “तर अनावश्यक राजनीतिकरण गर्नुहुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो ।”