१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अध्यादेश मोह’ माथि पूर्वन्यायाधीश खतिवडाको कटाक्ष, उही पुरानो रोगको पुनरावृत्ति



अ+ अ-

काठमाडौँ । पूर्वन्यायाधीश ईश्वर खतिवडाले सरकारको अध्यादेश जारी गर्ने शैली र मोहप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ।

पछिल्लो समय राजनीतिक वृत्तमा अध्यादेशको चर्चा चलिरहँदा खतिवडाले यसलाई पुरानो रोगको पुनरावृत्ति को संज्ञा दिनुभएको हो।

हिजोका दिनमा पनि अध्यादेशको चरम दुरुपयोग भएको स्मरण गराउँदै उहाँले वर्तमान समयमा पनि त्यो ‘दुरुपयोगको रहर’ यथावत् रहेको उल्लेख गर्नुभएको छ।

खतिवडाका लेख्नु भएको छ

अध्यादेश जारी गर्ने अधिकारको हिजोका दिनमा पनि चरम दुरुपयोग गरिएको थियो, अहिले पनि दुरुपयोगको रहर यथावत् रहेछ । पहिले पहिले अध्यादेश जारी गर्ने अधिकारको दुरुपयोग गर्नेहरुले अव चैँ नयाँ भाष्य अगाडि सारेछन् । अहिले जारी गर्नेहरुसंग “शासकीय सहजताको लागि” भन्नु बाहेक अरु कुनै वैध कारण भएको कुरा थाहा पाउन सकिएन । हाम्रा सरकारमा बस्नेहरुमा सँधै अध्यादेश मोह, हामी जनता अध्यादेशबाटै शासित हुन अभ्यस्त !!

पुनर्मुसिको भव: !! उही पुरानो रोगको पुनराबृत्ति ???