१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् जोखिम व्यवस्थापनका लागि सुकुम्बासी विवरण मागिएको नेपाली सेनाको स्पष्टोक्ति



अ+ अ-

काठमाडौं । नेपाली सेनाले आगामी वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानजस्ता विपद् जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तीव्र पारेको जनाएको छ ।

नेपाली सेनाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका वर्षहरूमा देखिएका विपद्का घटनाबाट सिक्दै यसपटक पनि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा तयारी अघि बढाइएको उल्लेख गरिएको छ ।

सेनाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सम्भावित जोखिम क्षेत्रको पहिचान तथा जोखिम नक्साङ्कन (ह्याजार्ड म्यापिङ) को कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ । यसका लागि स्थानीय युनिटहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा तथ्याङ्क अद्यावधिक गर्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको भन्ने आशयका समाचारप्रति सेनाले आपत्ति जनाएको छ ।

सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्नो गतिविधि कुनै पनि व्यक्तिको विवरण संकलनका लागि नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्रको पहिचान तथा तयारीका लागि मात्र गरिएको स्पष्ट पारेको छ ।

सेनाले विपद् प्रभावित अवस्थामा सुरक्षा फौज तैनाथ गरी तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्य सहज बनाउन पूर्वतयारीलाई केन्द्रमा राखिएको जनाएको छ ।

सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्ने कार्यमा नेपाली सेना प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।