१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पामा बालकमाथि कुटपिट प्रकरणः निष्पक्ष अनुसन्धान र कारबाही गर्न पुनको माग



अ+ अ-

रोल्पामा ११ वर्षीय बालकमाथि कुटपिट गरिएको घटनाप्रति सांसद वर्षामान पुनले  चिन्ता व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत गृह जिल्ला रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ५ पाखापानीमा लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा पुगेकाहरूमाथि समेत आक्रमण भएको घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ आफूले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसँग सम्पर्क गरी संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिन र स्वतन्त्र तथा निष्पक्ष अनुसन्धान अघि बढाउन आग्रह गरेको पुनले जनाएका छन्।

हाल प्रहरीले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताएका छन्।
घटनापछि पनि प्रहरी प्रशासनसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै पुनले पुनः निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडाभन्दा कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्।

यस घटनाको विरोध गर्दै न्यायका लागि आवाज उठाउने तथा दोषीलाई कारबाही गर्न दबाब सिर्जना गर्ने सबै सरोकारवालाप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। पीडित बालकलाई न्याय दिलाउन र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न निरन्तर खबरदारी जारी रहने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

कुटपिटबाट घाइते बालक लोकेन्द्र विक र उद्धारका क्रममा आक्रमणमा परेका गोपाल महरको शीघ्र स्वास्थ्य लाभको कामना पनि पुनले गरेका छन्।