१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विमानस्थलभित्र म्याद गुज्रेका खाद्य पदार्थ बिक्री गर्ने कान्तिपुर क्याफेलाई २ लाख ५ हजार जरिवाना

विमानस्थलभित्र म्याद गुज्रेका खाद्य पदार्थ बिक्री गर्ने कान्तिपुर क्याफेलाई २ लाख ५ हजार जरिवाना
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी अनुगमनका क्रममा म्याद गुज्रेका तथा लेबल नखुलेका खाद्य पदार्थ फेला परेपछि एक व्यवसायलाई कारबाही गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको जानकारी अनुसार  वैशाख १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको संयुक्त अनुगमन टोलीले विमानस्थल परिसरमा रहेका खाद्य व्यवसायहरूको निरीक्षण गरेको थियो।

सो क्रममा ‘कान्तिपुर क्याफे’को गोदाम जाँच गर्दा उपभोग्य मिति समाप्त भएका विभिन्न खाद्य सामग्री भेटिएका हुन्।
अनुगमनका क्रममा पैचो टिमुर छोप, साल्टेड ब्ल्याक बिन, नेपाल आइस बियर लगायतका म्याद गुज्रेका वस्तुहरू फेला परेका थिए। त्यसैगरी उत्पादक र उपभोग्य मिति उल्लेख नभएको करिब १२ केजी ससेज फ्रिजमा भण्डारण गरिएको अवस्थामा भेटिएको विभागले जनाएको छ।

उक्त कसुरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार क्याफेलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ। जरिवाना रकम सात दिनभित्र बुझाउन आदेश दिइएको छ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका तथा लेबल नखुलेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ। साथै, लेबल नखुलेको ससेज सम्बन्धी थप विवरणसहित तीन दिनभित्र उपस्थित हुन क्याफेलाई निर्देशन दिइएको छ।

विभागले गोदामको सरसफाइ नियमित गर्न र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न समेत निर्देशन दिएको छ।