१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एकीकृत बस्तीका १७ घर भूकम्प पीडितलाई हस्तान्तरण

एकीकृत बस्तीका १७ घर भूकम्प पीडितलाई हस्तान्तरण
अ अ+ अ-

बेत्रावती । ह्योल्मो फाउण्डेशन’को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएका एकीकृत बस्तीका १७ घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ स्थित स्योमखर्कमा निर्माण गरिएका घर स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर संख्यामध्ये १७ जनाले नयाँ घर पाएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङ र दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बुधबार सयुक्तरूपमा एक कार्यक्रमकाबीच उक्त घर हस्तान्तरण गरेका हुन् । सो अवसरमा पर्यटनमन्त्री भट्टराईले भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माण सरकारको पहिलो प्रथामिकतामा रहेको बताए ।

“भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणलाई अवसरको रूपमा एकीकृत बस्ती, विपद् प्रतिरोधी आवास निर्माण र जीविकोपार्जनका कार्यक्रम प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ”, उनले भने “सरकारी अनुदानको सही उपयोग गर्न लाभग्राही पनि इमान्दार बन्नुपर्छ ।” प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री हितबहादुर तामाङले गाउँखर्क मात्र नभई दुप्चेश्वर गाउँपालिकाभित्रको सबै स्थानमा एकीकृत बस्तीको आवश्यकता रहेको बताए ।

यस्तै, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले भूकम्पले पुर्याएको क्षतिको पुनःनिर्माणमा अन्तरराष्ट्रिय दाता गुहारेअनुसार उपलब्धि भने प्रभावकारी नभएको टिप्पणी गरे । भूकम्पपीडितले प्रभावकारी र आवश्यकअनुसार घर बनाउन नसकेकाले अहिले बनेका घरको आकार सानो र परिवारका लागि उपयुक्त नभएको उनको भनाइ छ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले सिङ्गो गाउँपालिकामा एकीकृत बस्ती निर्माण गरेर तामाङ समुदायको पहिचान झल्कने आवासमार्फत पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन स्थानीय सरकार लागिपरेको बताए । स्वीटजरल्याण्डको ‘माउन्टेन टु माउन्टेन’ संस्थाको अगुवाइमा ‘ह्योल्मो फाउण्डेशन’ नेपालले दुई वर्ष लगाएर निर्माण गरेको घर हस्तान्तरणमा नेपाल सरकारका सहसचिव रुद्रसिंह तामाङ, दुप्चेश्वर गाउँपालिकाको विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता थियो ।