२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार पौडेललाई



अ+ अ-

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापना गरी सञ्चालन गर्दै आएको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएको छ । पत्रकारिताको माध्यमवाट स्वास्थ्य क्षेत्रको विकास र उन्नयनमा उल्लेखनीय योगदान पुर्याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ।

नेपाल पत्रकार महासङ्घ कास्की कार्यसमिति सदस्य रहेका पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आबद्ध छन् । पत्रकार हरि बाँस्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोेट समितिमा डा नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जरा रहेका थिए ।

मङ्सिर २३ गते हुने सो संस्थाको छैँटौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । सो पुरस्कारबाट यसअघि पत्रकार ऋषि खतिवडा र यदुनाथ बञ्जरा सम्मानित भइसकेका छन् ।




भर्खरै