८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार पौडेललाई



अ+ अ-

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापना गरी सञ्चालन गर्दै आएको युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएको छ । पत्रकारिताको माध्यमवाट स्वास्थ्य क्षेत्रको विकास र उन्नयनमा उल्लेखनीय योगदान पुर्याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ।

नेपाल पत्रकार महासङ्घ कास्की कार्यसमिति सदस्य रहेका पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आबद्ध छन् । पत्रकार हरि बाँस्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोेट समितिमा डा नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जरा रहेका थिए ।

मङ्सिर २३ गते हुने सो संस्थाको छैँटौँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । सो पुरस्कारबाट यसअघि पत्रकार ऋषि खतिवडा र यदुनाथ बञ्जरा सम्मानित भइसकेका छन् ।