८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला हिंसा अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्छः मन्त्री गुरुङ



अ+ अ-

चरिकोट । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने बताएका छन् ।

उनको सम्मानमा बुधबार गृह जिल्ला दोलखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने बताए ।

उनले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने पनि बताए । मन्त्री गुरुङलाई नेकपा जिल्ला पार्टी कार्यालय, भीमेश्वर नगरपालिका, जिल्ला समन्वय समिति, सातदोबाटो चरिघ्याङ टोल सुधार समितिलगायत विभिन्न सङ्घसंस्थाले स्वागत तथा सम्मान गरेका थिए ।

यसैगरी मन्त्री गुरुङले समृद्ध राष्ट्र निर्माणका लागि आफ्नो पदीय दायित्वलाई इमान्दारीपूर्वक निर्वाह गर्न जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन पनि दिए ।