१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बस दुर्घटना अपडेट: १९ को मृत्यु, १८ घाइते

बस दुर्घटना अपडेट: १९ को मृत्यु, १८ घाइते
अ अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा सातको र नौको बुटवलमा उपचार भइरहेको छ । उपचारपछि दुई घर फर्किएका छन् । दुर्घटनामा सो नगरपालिका–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका छ महिने बालक, सन्धिखर्क–७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, आठ वर्षीया मोनिका खड्का छन् ।

कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो । सन्धिखर्क नगरपाकिला–१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वषीर्य वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका–२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य आठको सनाखत हुन बाँकी रहेको र शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।