८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन: आजदेखि मतदाता परिचयपत्र वितरण शुरु



अ+ अ-

बैतडी । उपनिर्वाचन हुने बैतडीका तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ । त्यस्तै सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ ।यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ ।

विसं २०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो ।मतदानमा सहभागी हुन अनिवार्य रहेकाले आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ ।